Abstract:
|
जीवन एवं जगत् सम्बन्धी जिज्ञासामा मूलतः दुई प्रकारका प्रश्न थिए : कसरी र किन । कसरी अर्थात् यो जगत् कसरी उत्पन्न भयो, कसरी या कुन नियम अन्तर्गत सञ्चालित छ ? मानव लगायत सम्पूर्ण जैविक जगत्को उत्पत्ति एवं विकास कसरी भयो र कसरी चलिरहेछ ? किन अर्थात् यो संसारिक प्रपञ्च किन छ, कुन प्रयोजनका निमित्त छ ? मानव जीवनको प्रयोजन के हो, लक्ष्य के हो ? इतिहासमा मानिसको प्रयास सधैं सत्यको खोजी, मानव जातिको कल्याण (शिव) र अर्थपूर्ण सुन्दर जीवन अर्थात् सत्य, शिव, सुन्दर प्राप्त गर्नुमा रह्यो । मानव सृष्टिमा कुनै प्राकृतिक प्रयोजन भए पनि नभए पनि धर्मशास्त्र/दर्शनले मानव जीवनलाई अर्थपूर्ण बनाउन प्रयास गरेको देखिन्छ
|